काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । उनलाई नर्भिक अस्पतालको अति सघन कक्ष ( आइसियु) मा उपचार भईरहेको छ ।
छातिमा समस्या आएपछि पारसलाई दिउसो साढे चार बजे नर्भिक ल्याइएको थियो । उनलाई अस्पतालका डा. यादवदेव भट्टसहितको टिम उपचारमा सक्रिय भई लागेको अस्पतानल स्रोतले जनाएको छ । शाहको कोलोनरी एन्जियोप्लास्टीबाट मुटुको भल्व खोल्ने प्रयास भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
उनलाई माइनर हृदयाघातको शंका चिकित्सकहरुले गरेका छन् । अहिले उनको स्वास्थ्यअवस्थाबारे परीक्षण भइरहेको र रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ ।
अस्पतालका प्रेस संयोजक आरपी मैनालीले पूर्वयुवराज शाह भर्ना भएका तर उनको स्वास्थ्यअवस्थाबारे विस्तृत रिपोर्ट आइनसकेको बताए ।
केही बर्षअघि पनि उनलाई हृदयघात भएको थियो । त्यसबेला उनको बैङककको समितीवेद अस्पतालमा लामो समय उपचार गरिएको थियो । त्यसबेलानै उनको मुटुको धमनीमा स्टेन्ट राखिएको छ ।
पारसलाई मुटुको पुरानो समस्या छ । यसअघि उनी दुईपटक हृदयघातको शिकार भएका थिए । आज बिहान उनी ललिपुरको पाटन दरबार क्षेत्रमा रहेको शिव पार्वती मन्दिर र हिरण्यवर्ण महाविहारमा दर्शन गर्न पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्