एक दिवशीय क्रिकेट: युएईद्वारा नेपाललाई २५५ रनको लक्ष्य प्रस्तुत

काठमाडौ, १४ माघ । तीन एकदिवसीय सिरिजमा युएईद्वारा नेपाललाई २५५ रनको लक्ष्य प्रस्तुत गरेको छ । आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २५४ रन बनायो ।

यूएईको सुरुवात खराब थियो । ४७ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो तर, मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हाले । साइमान अनवर र सीपी रिजवानले शतकीय साझेदारी गरे ।

यूएईको स्कोर १४५ रन हुँदा पाँचौं विकेटका रुपमा रिवाज ४५ रनमा आउट भए । उनलाई करण केसीले आउट गरे ।

तर, सातौं नम्बरमा आएका मोहम्मद बुटाले अनवरसँग मिलेर आक्रामक पारी खेलेपछि यूएईले राम्रो स्कोर बनायो । दुबैले छैटौं विकेटका लागि ठूलो साझेदारी गरे । अनवर ८७ रनमा आउट भए ।

आक्रमब ब्याटिङ गरेका बुटाले मात्र ३१ बलमा अविजित ५९ रन बनाए । मोहम्मद नाबिद ११ रनमा नटआउट रहे ।

नेपालका लागि कप्तान पारस खड्का र करण केसीले समान दुई-दुई विकेट तथा सन्दीप लामिछाने र सोमपाल कामीले पनि १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्