एक दिवशीय क्रिकेट: टस जितेर नेपालले फिल्डिङ रोज्यो

काठमाडौं, माघ १४ । तीन एक दिवशीय क्रिकेटको अन्तिम खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । टस जितेर नेपालले फिल्डिङ रोज्दै युएईलाई ब्याटिङमा निम्त्याएको हो।
पहिलो खेलमा टस हारेको नेपाललाई युएईले पहिले ब्याटिङको निम्तो दिएको थियो । दोश्रो खेलमा नेपालले टस जितेर ब्याटिङ नै रोजेको थियो भने आज पहिले फिल्डिङ गर्ने भएको हो ।
आजको खेल दुवै टोलिका लागि महत्वपुर्ण रहेको छ । पहिलो खेल युएई र दोश्रो खेलमा नेपाल विजयी भएकाले श्रृंखला आफ्नो पक्षमा पार्नका लागि दुवै टोलि आजको खेल जित्नै पर्ने दवावमा छन् ।
तीन एकदिवशीय र तीन टि–२० क्रिकेट खेल्नका लागि नेपाली टोली युएई भ्रमणमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्