नेपाल यूएईबीच निर्णायक खेल आज, जितको खोजीमा दुबै टोली, कस्तो रहला नेपालको प्रदर्शन ?

काठमाडौँ,माघ १४ । नेपाल र यूएईबीचको तेस्रो तथा निर्णायक एकदिवसीय क्रिकेट आज हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ११ बजेपछि दुबईको आईसीसी क्रिकेट एकेडेमीमा सुरु हुनेछ । ४ वर्षका लागि एकदिवसीय क्रिकेटको मान्यता पाएपछि नेपाल पहिलो शृंखला जित्ने लक्षसहित युएई पुगेको हो ।
नेदरल्याण्ड्सविरुद्धको सिरिज बराबरीमा चित्त बुझाएको नेपाललाई सोमबार नयाँ कीर्तिमान बनाउने अवसर रहेको छ ।
दोस्रो सिरिज जित्नका लागि सोमबार यूएईविरुद्ध जित निकाल्न आवश्यक छ । पहिलो एक दिवसीय क्रिकेटमा ३ विकेटको हार ब्यहोरेको नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा १४५ रनको जित निकाल्दै श्रृंखलामा उत्कृष्ट पुनरागमन गरेको थियो ।
कप्तान पारस खड्काले दोश्रो खेलबाट टोली उत्साहित भएको र त्यही लयलाई कायम राख्न सके सिरिज जित्ने विश्वास व्यक्त गरेका छन् ।
घरेलु भूमिमा भएको शृंखला जित्न यूएईले पनि सक्दो मेहनत गर्ने भएकाले नेपाली टोलीले पनि त्यसै अनुसार राम्रो प्रदर्शन गर्न सक्नुपर्ने कप्तान खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस्