सुन्दा अचम्म लाग्न सक्छ !वन्यजन्तुको आतंक रोक्न रातभरी खेतबारीमा रेडियो

काठमाडौं, माघ १४। हामी रेडियो केको लागि बजाउँछौं ? गीत सुन्न, समाचार सुन्न वा स्थानीय बजार बुझ्न यस्तै यस्तै उत्तर आउँला सामान्यतया सबैको ।
बढीमा कतिपयले टाइमपास गर्न रेडियो सुन्छु भन्लान् । तर नवलपरासीमा निकुञ्ज आसपासका बासिन्दाले भने वन्यजन्तुको आक्रमण रोक्न रेडियो बजाउन थालेका छन् ।
सुन्दा अचम्म लाग्न सक्छ, तर सत्य यही हो । त्यसो त अझै पनि कुखुरा पालक किसानहरुले बाहिरको होहल्ला कुखुराको खोरसम्म जान नदिनका लागि कुखुराको खोरमा ठूलो आवाजमा रेडियो बजाएर छाड्छन् ।
किसानले यसको सफल अभ्यास गरेको लामै समय भयो । तर, अहिले त्यही ठूलो आवाजको रेडियो वन्यजन्तुको आतंक रोक्न काम लागेको छ ।
देवचुली नगरपालिकाका बसन्त पोख्रेल अहिले राति ८–९ बजेपछि आफ्नो बारीको बिचमा रेडियो लान्छन् र ठूला आवाजमा बजाएर छाड्छन् ।
उनले भने, ‘रेडियोका आवाज मान्छे बोलिराखेझै मानेर होला, रेडियो बजाएर छाडेको दिन खेतबारीमा वन्यजन्तुले नोक्सान पारेको हुँदैन ।’राजधानी दैनिकमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्