काठमाडौं, माघ १४ ।राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको भेजिनल स्वाबको नमुना परिक्षणको संकलन प्रक्रिया नै गतल रहेको जनाएको छ । कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया पन्तको गत साउनमा बलात्कारपछि हत्या गरिएको थियो ।
‘सिन्कोमा बेरिएको कपासबाट नमुना संकलन गरिएको पाइयो । यस्तो संकलन प्रक्रिया पूर्णतः दोषमुक्त छ भन्न सकिने अवस्था छैन । यसरी संकलन गरी टेस्ट्युबमा राखदा पर्याप्त मात्रामा डिएनए ह्रास हुँदै जाने, नष्ट हुन सक्ने, परिणाम सही आउन नसक्ने जस्ता समस्या रहेको पाइयो ।
एकै पटक बाबुछोराकै डिएनए परीक्षण गर्नु गलत
सो हत्या प्रकरणमा संकलित प्रमाण संंकलित प्रमाण भेजिनल स्वाबको नमुना परिक्षणमा बाबुछोराको एकैपटक डिएनए परीक्षण गर्नु गलत भएको निष्कर्श आयोगको छ ।
कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र उनका छोराको डिएनए एकैपटक परीक्षण गरिएको थियो । ‘बाबुछोराकै आपसमा नमिलेको भए त्यो परिवारको हालत के हुन्थ्यो होला ? त्यसकारण त्यो गलत भनिएको हो ।
डीएनए विज्ञमाथि नै छानविन गर्न माग
मानव अधिकार आयोगले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले असंख्या गम्भीर त्रुटि गरेको औँल्याएको छ । आयोगले प्रहरीका डीएनए विज्ञहरुमाथि समेत छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगले तीन महिना लगाएर गरेको अनुसन्धानको विवरणसहित आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र लेखी घटनाका सम्बन्धमा ४ वटा सिफारिस र २४ वटा निर्देशन दिएको छ ।
अनुसन्धान क्रममा प्रहरीबाट शृंखलाबद्ध गल्ती भएको र डीएनए परीक्षणमा विज्ञहरुबाट लापरबाही गरिएको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्