काठमाडौं, माघ १४ । फ्री भिसा र टिकटको सुविधामा आएको कोटालाई दुरुपयोग गर्दै ६ म्यानपावर कम्पनीले ३० करोड रुपैयाँभन्दा बढी असुल गरेर टर्की पठाएको खुलासा भएपछि रोजगारदाता कम्पनीले १३ सय नेपाली कामदार फिर्ता गरेको छ ।
टर्कीको इगा प्रोजेक्टले फ्री भिसा र टिकटको सुविधा दिएर नेपालका ६ वटा म्यानपावर कम्पनीलाई एक हजार तीन सय कामदार पठाउने कोटा दिएको थियो । उक्त कम्पनीले कामदारसँग अतिरिक्त पैसा नलिन निर्देशन दिए पनि त्यस विपरीत म्यानपावर कम्पनीहरुले प्रतिव्यक्ति चार लाख रुपैयाँसम्म असुलेको खुलासा भएपछि कामदार फिर्ता पठाएको हो ।
१३ सय युवाबाट करिब ३० करोड रुपैयाँ ठगी भएको अनुमान गरिएको छ ।
एउटा म्यानपावरको धरौटी ३० लाखमात्र हुने भएकाले यति धेरै ठगीबाट पीडितलाई कसरी क्षतिपूर्ति दिने भन्ने समस्या देखिएको छ । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्