विस्तारित कोटेश्वर-कलंकी खण्ड चीनले भोलि नेपाललाई हस्तान्तरण गर्ने

काठमाडौं,माघ १३ । चक्रपथको कोटेश्वर–कलंकी खण्ड चीनले भोलि नेपाललाई हस्तान्तरण गर्ने भएको छ । ५ वर्ष लगाएर विस्तार गरिएको चक्रपथको एउटा खण्ड हस्तान्तरणको तयारी भएको हो ।
चीन सरकारको अनुदान सहयोगमो विस्तारीत सो सडक खन्ड निकै आधुनिक स्वरुपमा देखिएको छ । चिनले गर्ने काम सबै सकिएकाले भोलि प्रधानमन्त्रि केपि शर्मा वलीको उपस्थितीमा हस्तान्तरण गर्ने सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख केवशकुमार शर्माले जानकारी दिएका छन् ।
यो सडक निर्माणका लागि अन्तिम पटक थपिएको म्याद अनुसार डिसेम्बर १५मा नै ठेकेदारले काम सकेको थियो । सो सडक विस्तार भएपछि चक्रपथको कलंकी कोटेश्वर खण्डमा हुने सवारी जाम समेत घटेको छ ।
प्रतिक्रिया दिनुहोस्