अब कोलकाताबाट ५ दिनमा नेपालमा सामान आइपुग्ने, झन्झटिलो व्यवस्थाबाट भने मुक्ति

काठमाडौं,माघ १३ । नेपाल व्यवसायी संघले तेस्रो मुलुकसँगको व्यापारमा रहेको झन्झटिलो व्यवस्थाबाट मुक्ति पाउने भएका छन् ।
आउँदो फागुन ३ देखि भारतको कोलकाता तथा हल्दिया पोर्टमा विद्युतीय कार्गो प्रणाली ९इसीटीएस० लागू हुने भएपछि नेपाली व्यवसायीको लागत र समय दुवै बच्ने भएको हो ।
कोलकताबाट सामान छुटाउन यसअघि १ महिनासम्म लाग्ने गरेकोमा अब बढीमा ५ दिनमात्र लाग्नेछ ।
यसबाट व्यवसायीलको लागत घट्ने तथा उपभोक्ता मूल्यसमेत कम हुनेछ ।
विद्युतीय कार्गो प्रणालीले नेपालको आयात तथा निर्यात व्यापार थप सहज बन्ने विश्वास उद्योगी व्यवसायीले गरेका छन् । यो समाचार आजको कारोबार दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्