नेपालको युएईमाथि सानदार जित, युएई १४५ रनले पराजित

काठमाडौ, १२ माघ । नेपाली वलर सामु घरेलु टोली युएईको केहि लागेन नेपालको युएईमाथि सानदार जित हात पारेको छ नेपालले युएईलाई १४५ रनले पराजित गरेको छ । दोस्रो एकदिवसीयमा युएईलाई १४५ रनले हराउँदै शृंखला बरबार गरेको छ । २४३ रनको लक्ष्य पछ्याएको घरेलु टोली युएई १९.३ ओभरमा अलआउट हुँदै ९७ रनमा समेटियो ।

युएईलाई सस्तैमा समेट्न नेपालका लागि सोमपाल कामीले ५ विकेट लिए भने सन्दीप लामिछानेले ४ विकेट हात पारे ।

यसअघि रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले दोस्रो ओडीआईमा यूएईलाई २ सय ४३ रनको लक्ष्य दिएको थियो।

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४२ रन बनाएको थियो । युएइको बलिङतर्फ अमिर हयात र इमरान हैदरले तीन तीन विकेट लिए भने मोहम्मद नाभिद, जहुर खान र अश्फाक अहमदले समान एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्