यूएईविरुद्ध रोहित कुमार पौडेलको धमाकेदार अर्धशतक

काठमाडौ, १२ माघ । दोस्रो एक दिवसीय खेलमा रोहित कुमार पौडेलले अर्धशतक बनाएका छन् । यूएईविरुद्धको खेलमा उनले ५४ बलमा ७ चौकाको सहयोगमा ५० रन पूरा गरेका हुन् । उनी ५८ रनमा ५५ रन बनाउँदै आमिर हयातको बालमा खेलको ४७ ओभरको पहिलो बलमा आउट भए ।

पाँच जना खेलाडी आउट भएपछि क्रिजमा आएका रोहितले आरिफ शेखसँग दरिलो साझेदारी पनि गरेका छन् । जुन, नेपाली एक दिवसीय क्रिकेटमा सबैभन्दा धेरै रनको साझेदारी हो । उनीहरूका बीचमा ८२ रनको साझेदारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्