वर्षाका कारण जारी ढोरपाटन महिला भलिबल प्रतियोगिताको खेल रद्द

काठमाडौ, १२ माघ । वर्षाका कारण यहाँ जारी ढोरपाटन महिला भलिबल प्रतियोगिता अन्तर्गत आज हुने तीनवटा खेल स्थगित गरिएको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आज हुने खेल स्थगित गरिएको क्लबका अध्यक्ष मानवीर छन्त्यालले जानकारी दिए ।

क्लबसँग रहेको खुल्ला भलिबल कोर्ट वर्षाका कारण हिलाम्य भएकाले आज खेल सञ्चालन गर्न नसकिएको तर वर्षा रोकिएर घाम लागेमा आइतबार पूर्वनिर्धारित समयमै सञ्चालन हुने उनको भनाइ थियो ।

प्रतियोगितामा नौ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा प्रथम हुनेले रु तीन लाख ५० हजार पाउने छ भने दोस्रोले रु दुई लाख, तेस्रोेले रु एक लाख, चौथोले रु ६० हजार, पाँचौँले रु ४० हजार, छैठौले रु ३० हजार र सातौँले रु २० हजार पुरस्कारस्वरूप प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक भाग्यमानी दर्शकले एक÷एक स्कुटर पाउने छन् । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान रु छ/छ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्