लिभरपुलको फराकिलो जित

बोर्नमथ (एजेन्सी) गए राति प्रिमियर लिगमा लिभरपुलले बोर्नमथलाई ४–० को फराकिलो अन्तरले हराएको छ । लिभरपुल यस जितसँगै तालिकाको चौथो स्थानमा पनि उक्लेको छ ।

लिभरपुलका लागि खेलको २० औं मिनेटमा फिलिप कौटिन्होले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको केहि मिनेटमै फिर्मिनोको पासमा डेजान लोभ्रेनले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा लिभरपुल थप एक गोल गर्न सफल रह्यो । प्रिमियर लिगका यस सिजनका सर्वाधिक गोलकर्ता मोहम्मद सालाहले शान्दार गोल गर्दै पहिलो हाफमै टोलीलाई ३–० को अग्रता दिलाए ।

दोस्रो हाफमा कौटिन्होको पासमा फिर्मिनोले गोल गर्दै टोलीको जित सुनिश्चित पारेका थिए । यस जितसँगै लिभरपुलको १८ खेलमा ३४ अंक रहेको छ । त्यस्तै बोर्नमथको भने सोहि खेलबाट केवल १६ अंक रहेको छ र तालिकाको सोह्रौं स्थानमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्