अष्ट्रेलियालाई हराउँदै यूएई एसियन कपको सेमिफाइनलमा, अष्ट्रेलियामाथि १–० को जीत

काठमाडौं, माघ १२ । डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियालाई हराउँदै यूएई एसियन कपको सेमिफाइनलमा पुगेको छ । बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियामाथि १–० को जीत दर्ता गर्दै आयोजक यूएई सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।
यूएईलाई सेमिफाइनलमा पुर्‌याउनका लागि अलि अहमेद मब्खाउटको एकमात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बनेको खेलको ६८औं मिनेटमा अलिले गोल गर्दै यूएईलाई अग्रता दिलाएका थिए । बाँकी समयमा अष्ट्रेलिया खेलमा फर्किन नसक्दा पराजित भयो ।
यूएई सेमिफाइनलमा पुगेसँगै एएफसी एसियन कपको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । सेमिफाइनलमा तीनवटा खाडी मुलुक पुगेका छन् । यसअघि इरान र कतार पनि सेमिफाइनलमा पुगिसकेका छन् । सेमिफाइनलमा पुग्ने अर्को मुलुक जापान हो ।
अब सेमिफाइनलमा यूएईले कतारसँग प्रतिस्पर्धा गर्नेछ भने इरानको भेट जापानसँग हुनेछ ।
प्रतिक्रिया दिनुहोस्