म्यानचेस्टर सिटी कारबाओ कप फुटबलको फाइनलमा, बुुर्टन १–० ले पराजित

काठमाडौं, माघ १० । म्यानचेस्टर सिटी कारबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा बुुर्टनलाई १–० ले पराजित गरेपछि सिटीले फाइनलमा स्थान बनाएको हो ।
पहिलो लेगमा ९–० को फराकिलो जित निकालेको सिटीले दोस्रो लेगमा बुधबार राति १–० को जित निकाले पछि समग्रमा १०–० को जितसँगै फाइनलमा स्थान पक्का गरेको हो ।

बुधबार रातिको जितमा सिटीका लागि पहिलो हाफको २६औं मिनेटमा सिर्जयो अग्युरोले गरेको एक मात्र गोल निर्णायक भएको थियो ।
सिटीले उपाधिका लागि आगामी फेब्रुअरी २४ तारिखमा टोटनह्याम र चेल्सीबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्