भेनेजुयलामा सरकारविरुद्ध प्रदर्शन जारी

काठमाडौं, माघ १० । भेनेजुयलामा सरकारविरुद्ध प्रदर्शन जारी रहेको छ । भेनेजुयलामा हजारौं व्यक्ति विरोध प्रदर्शनमा उत्रिएका छन् । हिजो गोइदोले काराकासमा भएको प्रदर्शनमा आफैलाई कार्यकारी राष्ट्रपति घोषित गरेका थिए ।
अमेरिकारले भेनेजुयलामा सरकारविरुद्ध जारी प्रदर्शनका नेतृत्वकर्ता विपक्षी नेता खुआन गोइदोलाई अन्तरिम राष्ट्रपतिको रुपमा मान्यता दिएको छ ।
नेस्नल एसेम्बलीका अध्यक्ष गोइदोले मौजुदा राष्ट्रपति निकोलस मादुरोविरुद्धको विरोध प्रदर्शनको नेतृत्व गरिरहेका छन् ।
यसै महिनाको सुरुमा मादुरोले राष्ट्रपतिको रुपमा आफ्नो दोस्रो कार्यकालका सपथ लिनुभएको थियो ।
निर्वाचनका क्रममा उहाँले धाँधली गरेको आरोप लाग्दै आएको छ । मदुरोले शासनसत्ता सम्हालेसँगै भेनेजुयला केही बर्षयता आर्थिक संकटबाट गुग्रिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्