फुटबल खेलाडी चढेको विमान सम्पर्कविहीन, दुर्घटनामा परेको आशंका

काठमाडौं ,माघ ९ । इङ्लिस प्रिमियर क्लब कार्डिफ सिटीका खेलाडी इमिलियानो साला चढेको विमान सम्पर्कविहीन भएको छ ।
२८ वर्षिय अर्जेन्टाईनी फुटबल खेलाडी साला चढेको विमान फ्रान्स र इङ्ल्यान्डको बीचमा पर्ने च्यानल आइल्याण्डमा हराएको हो ।
हालै फ्रेन्च क्लब नान्तेसबाट कार्डिफ सिटीमा आवद्ध भएका साला आफ्नो नयाँ क्लब कार्डिफ आउँदै गर्दा दुर्घटनामा परेको अनुमान गरिएको छ ।
उनी चढेको सानो निजी विमानमा अर्को एक जना पनि सवार रहेको बताइएको छ । कार्डिफ सिटीले गत शनिबार मात्रै उनलाई १५ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।
स्थानीय खोजकर्ताले विमान दुर्घटनामा परेको आशंका गरे पनि अहिलेसम्म कुनै संकेत मिलेको छैन ।
प्रतिक्रिया दिनुहोस्