रोनाल्डोलाई २३ महिनाको जेल सजाय तर जेल बस्नु नपर्ने

काठमाडौं,माघ ९ । करछलीको आरोपमा पोर्चुगिज फुटबल स्टार क्रिष्टियानो रोनाल्डोलाई २३ महिनाको जेल सजाय सुनाइएको छ । तर रोनाल्डोले १९ मिलियन युरो तिरेर जेल सजाय भोग्नबाट पार पाएका छन् ।
अदालतमा जेल सजायबाट पार पाउने कागजमा हस्ताक्षर गरेपछि रोनाल्डो स्पेनिस प्रेमिका जर्जिना रोद्रिगेजसँग हात समातेर बाहिर निस्किएका थिए ।
स्पेनिस कानुनमा दुई वर्षभन्दा कम समयको जेल सजाय धरौटी तिरेर पार पाउन सक्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्