एसियन कप : बहराइनलाई पराजित गर्दै दक्षिण कोरिया क्वार्टरफाइनलमा, बहराइन २–१ गोलले पराजित

काठमाडौं,माघ ९ । एसियन कप फुटबल प्रतियोगितामा दक्षिण कोरिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा बहराइनमाथि २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
कोरियाले जित निकाल्न अतिरिक्त समयमा गरेको गोल नै निर्णायक भएको थियो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले एक–एक गोल गरे पछि ३० मिनेट समय थपिएको थियो । जसमा १०७ औं मिनेटमा किम जीन सुले गरेको गोलले नै कोरियालाई पुर्याउन पर्याप्त भयो ।
निर्धारित समयको ह्वाङ ही चानले ४३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । एक गोलले पछि परेको बहराईनले ७७औं मिनेटमा बराबरी गोल गरेको थियो । बहराइनका मोहम्द अल रोमाहीले बराबरी गोल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्