अस्ट्रेलिया एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं,माघ ८ । साविक विजेता अस्ट्रेलियासँगै जापान र आयोजक युएई एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा अस्ट्रेलियाले उज्वेकिस्तानलाई टाई ब्रकेरमा ४–२ ले हरायो ।
यसैगरी जापानले साउदी अरबियालाई १–० ले पराजित गर्दा युएईले कीर्गिस्तानमाथी ३–२ को जित निकाल्यो ।
एसियन कप फुटबलमा यसअघि नैं चीन, ईरान र भियतनाम क्वाटरफाईनलमा प्रवेश गरिसकेका छन् ।
प्रि–क्वाटरफाईनलमा अब दुई खेल बाँकी छन् । आजराति दक्षिण कोरिया र बहराई भिड्दा कतारले ईराकसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्