स्वाइन फ्लु संक्रमण बढ्यो, सर्तक रहनुहोस् !

काठमाडौं, माघ ८ । राजधानीमा दुई महिनामा डेढसय भन्दा बढी व्यक्तिमा प्रयोगशाला प्रमाणित स्वाइनफ्लु देखिएको छ ।
चिकित्सकीय भाषामा यसलाई मौसमी इन्फ्लुएन्जा (रुघाखोकी) अन्तर्गत रहेको ‘इन्फ्लुएन्जा ए–एच१एन१’ भनिन्छ ।
चिकित्सकहरुले सरकारी तथ्यांकभन्दा वास्तविक स्थिति झन जटिल रहेको दावी गरेका छन् । ओम अस्पतालको आईसीयुमा रहेकी एक ४७ वर्षीया महिलाको सोमबार स्वाइन फ्लुले मृत्यु भएको छ । तीन दिनअघि ओमकै आइसीयुमा रहेका एक संक्रमितलाई एयरलिफ्ट गरेर भारत लगिएको थियो ।
प्रतिक्रिया दिनुहोस्