सीपीएल क्रिकेटको खेल तालिका सार्वजनिक, खेल्लान् त सन्दीप ?

काठमाडौँ, माघ ७ । क्यारेवियन प्रिमियर लिग सीपीएल क्रिकेटको यो वर्षको खेल तालिका सार्वजनिक गरिएको छ ।
प्रतियोगिता आउँदो अगस्ट २१ देखि सेप्टेम्बर २१ सम्म चल्ने छ । सीपीएलका प्रमुख कार्यकारी अधिकृत पेट रशेलका अनुसार लिगका खेलहरु ट्रिनिडाड एण्ड टोबागो र गुयनामा हुने छ ।
सीपीएलको पछिल्लो संस्करणमा नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने खेलेका थिए । जसमा उनी उत्कृष्ट इकोनोमिकल बलरसमेत बनेका थिए । ४ दशमलव ५५ को इकोनोमीमा रन दिएका सन्दीपले ५ विकेटसमेत हात पारेका थिए । सीपीएलको मिति तोकिएसँगै अब खेलाडी अक्सनको तालिका पनि सार्वजनिक गरिने जनाइएको छ । त्यसपछि टिमहरुले खेलाडी रिटेन र रिलिज गर्न पाउने छन् ।
पछिल्लो सिजनमा सेन्ट किट्समा आवद्ध भएका सन्दीपको आउँदो संस्करणबारे कुनै निर्णय भएको छैन ।
प्रतिक्रिया दिनुहोस्