काठमाण्डौ ,माघ ७ । पश्चिमी वायुको प्रभावले सोमबार पश्चिमी भूभागसहित देशभरको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूर र मध्य पश्चिममा दिउँसो आंशिक बदली हुने र छिटफुट पानी पर्न सक्ने महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताए । पश्चिमी वायुको प्रभाव मध्य क्षेत्र हुँदै भोलिसम्ममा काठमाण्डौ आइपुग्नेउनले बताए । त्यसैगरी हिमाली भेगका एकदुई ठाउँमा हल्का हिमपात हुने सम्भावना छ ।
सोमबार सामान्यता पूर्वी नेपालमा मौसम सफा रहनेछ । काठमाण्डौको सोमबार बिहानको न्युनतम तापक्रम ४ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम तापक्रम १९ डिग्री सेल्सियस पुग्ने अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्