एसियन कप फुटबल : थाइल्याण्डलाई हराउँदै चीन क्वार्टरफाइनलमा

काठमाडौं, माघ ७ । एसियन कप फुटबलमा चीन क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा थाइल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो ।
थाइल्याण्डले सुरुआती अग्रता लिए पनि जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य बन्यो । ३१ औं मिनेटमा सुपची जयडेडले गोल गर्दै थाइल्याण्डलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १ गोलको अग्रता लिएर चीनमाथि दबाब बनाएको थाइल्याण्डले दोस्रो हाफमा भने लय गुमाउन पुग्यो ।
जियो झीले ६७ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याएका थिए । ७१ औं मिनेटमा गाओलिनले पेनाल्टीमार्फत गोल गर्दै चीनलाई अन्तिम आठमा पुर्याउन सफल भए ।
प्रतिक्रिया दिनुहोस्