काठमाडौं, ६ माघ । राजधानी काठमाडौंबाट आज प्रकाशित अधिकांश राष्ट्रिय दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा अनशनरत डा. गोविन्द केसी परेका छन् । केसीको स्वास्थ्य अवस्थाबारे अवगत गर्दै उनको मागका बारेमा सरकार मौन समाचारलाई संकलन गरेको छ ।
कान्तिपुर राष्ट्रिय दैनिकले ‘रनवेमा खेल, टर्मिनलमा शौच’ शीर्षक दिएर देशभरका ४४ आन्तरिक विमानस्थलको दूरावस्थाबारे चिरफार गरेको छ । समाचार अनुसार देशभरका आन्तरिक विमानस्थलमध्ये १७ मात्र नियमित सञ्चालनमा छन् । नियमित सञ्चालन नहुँदा कतिपय रनवे खेल मैदानमा त कतिपय शौचालयमा परिणत भएको समाचारमा उल्लेख छ ।
सरकार आफैंले घोषणा गरेको मितव्ययी नीतिविपरीत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी र कर्मचारीलाई भत्ता दिन लागिएको भन्दै कान्तिपुरले सरकारको आलोचना गरेको छ । समाचार अनुसार, यसै महिनादेखि लागू हुनेगरी सरकारले अख्तियारका पदाधिकारी तथा कर्मचारीलाई प्रोत्साहन भत्ता दिन लागेको हो ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले अख्तियारको प्रस्तावमा माघ १ देखि लागू हुने गरी पदाधिकारी र कर्मचारीलाई मासिक खाइपाई आएको तलब बराबर प्रोत्साहन भत्ता दिने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोेतलाई उद्धृत गर्दै कान्तिपुरले समाचार प्रकाशन गरेको छ ।
कान्तिपुरले अघिल्लो सरकारले आर्थिक वर्ष २०७४/७५ सम्म दुई दर्जनभन्दा बढी कार्यालयका कर्मचारीले ५०, ८० र १०० प्रतिशतका दरले प्रोत्साहन भत्ता पाउँदै आएका थिए । अघिल्लो वर्ष प्रोत्साहन भत्तामा मात्र साढे पाँच अर्ब रुपैयाँ खर्च भएको थियो । अर्थमन्त्री युवराज खतिवडाले यस वर्षको बजेटमा निमव्ययी र अनुशासित अर्थनीति अख्तियार गर्दै गरी सबै कार्यालयको प्रोत्साहन भत्ता बन्द गरेका थिए । तर विभिन्न कार्यालयका कर्मचारीबाट दबाब बढ्दै गएपछि आफ्नै नीतिमा सम्झौता गर्न बाध्य समाचारलाई विशेष महत्वका साथ समाचार प्रकाशन गरेको छ ।
आजको राजधानी दैनिकले सम्पत्ति सार्वजनिक गर्न मन्त्रीहरुबाटै आलटाल समाचारलाई मुख्य समाचार बनाएको छ । त्यस्तै राप्रपा एकतामा राजसंस्था बाधक, अनसनरत डा. गोबिन्द केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै माईतिघर मण्डलामा प्रदर्शनको तस्बिरलाई मुख्य पृष्ठमा स्थान दिएर प्रकबाशन गरेको छ ।
अन्नपूर्णको पहिलो पृष्ठमा सरकार हरेक दिन एक कदम अगाडी शिर्षक दिएर प्रधानमन्त्रीको भनाईको समाचारलाई प्रकाशन गरेको छ । सरकारी खर्चमा मस्ती, जब दैवलाई पनि दया लागेन भन्नै शिर्षक दिएर हृदयविदारक समाचारलाई तस्बिर सहित मुख्य समाचार प्रकाशन गरेको छ ।
अन्नपूर्णले ठग ठेगेदारले गृह मन्त्रालयबाटै उन्मुक्ति पाएको लेखेको छ । जाजरकोटका विभिन्न योजनाको ठेक्का लिएर काम नगर्ने १४ ठग ठेकेदारलाई गृहले उन्मुक्ति दिएको समाचारमा उल्लेख छ ।
नयाँ पत्रिकाले गोविन्द केसी र सरकारबीच विगतमा भएको सम्झौताबारे चर्चा गरेको छ । ‘सम्झौताबाट विचलित, वार्ताबाट विमुख’ शिर्षक दिएर नयाँ पत्रिकाले लेखेको समाचारमा प्रकाशन गरेको छ ।
त्यस्तै तराईका जिल्लामा पेसेवर रुपमा आपराधिक गतिविधिमा संलग्नविरुद्ध प्रहरीले आक्रामक कारबाही सुरु गरेको अर्को खबर पनि नयाँ पत्रिकाले लेखेको छ।
गोविन्द केसीको अनसनलाई लिएर मेडिकल माफियाविरुद्ध केसीको अनसनलाई मुख्य तस्बिरसहित समाचार प्रकाशन गरेको छ । विभिन्न व्यक्तिले सार्वजनिक गरेका भनाइलाई नागरिकले मुख्य समाचार बनाएको छ । परमाणविक भट्टी स्थापना विधेयकमा फरक मत दर्ज भएको चर्चा पनि नागरिकमा छ ।
गोरखापत्रले अब सरकार विकासमा केन्द्रित भएको भनेर प्रधानमन्त्रीले व्यक्त गरेको भनाइलाई समाचार छापेको छ भने, रेल खरिद प्रक्रिया अघि बढ्यो, डाभोस सम्मेलनले लगानीको वातावरण बनाउने परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीको अन्तर्वातालाई मुख्य पृष्ठमा प्रकाशन गरेका छ ।
आजको आर्थिक राष्ट्रिय दैनिकले चौधरी ग्रुपद्वारा नक्कली कागजातबाट व्यवसाय दर्ता गरेको प्रमाणित समाचारलाई मुख्य शिर्षक बनाएर प्रकाशन गरेको छ । त्यस्तै उद्योग वाणिज्य महासंघमा ढकालविरुद्ध मुरारका र प्रधानको मोर्चाबन्दी शिर्षकमा समाचार प्रकाशन गरेको छ ।
आजको कारोबार राष्ट्रिय दैनिकले प्रधानमन्त्री रोजगार कार्यक्रम कृषि , पर्यटन र यातायात पूर्वधारमा रोजगारी शिर्षकमा मुख्य समाचारप्रकाशन गरेको छ । त्यस्तै अरुण तेस्रो जलविद्युत आयोजना निर्माणको समाचारलाई विशेष महत्वकासाथ प्रकाशन गरेको छ ।
विश्वका धनी क्लबमा नेपाल प्रवेश लगायतको समाचारलाई पहिलो पृष्ठमा प्रकाशन गरेको छ ।
आजको आर्थिक अभियान राष्ट्रिय दैनिकले विराटनगर-इटहरी मोनोरेलको समाचार विराट मोनोरेलमा कम्पनीले जुटायो लगानी शिर्षक दिएर मुख्य समाचार प्रकाशन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्