म्यान्चेस्टर युनाइटेडले ब्रिग्टनलाई २–१ ले हरायो
काठमाडौ, ६ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडलले ब्रिग्टनलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।
म्यान्चेस्टर युनाइटेडको जितमा पाउल पोग्बा र मार्कोस राष्फोर्डले गोल गरेका थिए । ब्रिग्टनका लागि पास्कल ग्रोसले गोल गरेका थिए ।
खेलको २७ औ मिनेटमा पोग्बाको पेनाल्टी गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । ४२ औ मिनेटमा राष्फोर्डले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा दोब्बर अग्रता दिलाएका थिए ।
खेलको ७२ औ मिनेटमा पास्कलले गोल गर्दै ब्रिग्टनलाई २–१ गोलको स्थितिमा ल्याएका थिए । तर बाँकी समयमा दुबै टिमबाट गोल हुन सकेन ।
जितसँगै म्यान्चेस्टर युनाइटेड लिगको पाँचौ स्थानमा उक्लिएको छ । म्यान्चेस्टर युनाइटेडले २३ खेलबाट ४४ अंक बनाएको छ । त्यस्तै पराजित भएको ब्रिग्टनको भने २६ अंक रहेको छ ।
प्रतिक्रिया दिनुहोस्