बीपीएलमा सन्दीपको टोलीले आज रंगपुर राइटर्ससँग खेल्दै, कस्तो रहला प्रदर्शन ?

काठमाडौं, माघ ५ । नेपाली युवा बलर सन्दीप लामिछानेको टोली सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिगमा शनिबार रंगपुर राइटर्ससँग प्रतिस्पर्धा गर्दैछ । सिलेटमा हुने यो खेल नपाली समय अनुसार दिउँसो एक बजेबाट सुरु हुनेछ ।
जारी प्रतियोगितामा ६ खेलमा मात्र दुईमा जित निकालेको सिलेटले शनिबार रंगपुरविरुद्ध जित निकाल्ने लक्ष्य राखेको छ । यस प्रतियागितामा ६ खेलमध्ये दुई खेलमा विकेटविहीन बनेका सन्दीपले शुक्रबार भएको खेलमा एक विकेट लिएर २७ रन दिएका थिए । शनिबार पनि उनी टिममा पर्ने प्रबल संभावना रहेको छ ।
जारी प्रतियोगितामा कुल चार विकेट लिएका सन्दीपले कोमिल्ला विरुद्ध दुई विकेट लिएका थिए भने भिकिंग्स विरुद्ध लिन सकेनन् । यस्तै नाइटामाइट्स विरुद्ध पनि विकेटविहीन बनेका सन्दीप अर्को खेलमा ड्रप भएका थिए । त्यसपछि उनले कमब्याक खेलमा रंगपुर विरुद्ध नै एक विकेट लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्