महिला टी-२० स्म्यास: उपाधिका लागि नेपाल आज थाइल्याण्डसँग भिड्दै

काठमाडौं, माघ ५ । थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी-२० स्म्यास क्रिकेटको उपाधिका लागि आज (शनिबार) नेपालले आयोजक थाइल्याण्डसँग भिड्दै छ ।
प्रतियागितामा अहिले सम्म अपराजित रहेको नेपाली महिला टोली उपाभिका लागि घरेलु टोलीसँग भिड्न लागेको हो । यता, थाइल्याण्ड पनि अपराजित रहदै फाइनलमा पुगेको हो ।
खेल नेपाली समय अनुसार अरान्ह १२:१५ मा सुरु हुनेछ । शुक्रबार भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले हराएको थियो । सेमिफाइनलमा थाइल्याण्डले युएईलाई हराएर नेपालसँगको भेट पक्का गरेको थियो ।
लामो समय उपाधि बिहिन बन्दै आएको महिला क्रिकेट टोलीलाई उपाधि ल्याउने सुनौलो अवसर छ । तर, घरेलु समर्थकको साथ पाएको थाइल्याण्डविरुद्ध नेपाललाई कठिन चुनौती भने रहेको छ । समूह चरणमा अपराजित र सेमिफाइनलमा इन्डोनेसियालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्