इन्डोनेसियालाई ९२ रनले हराउँदै नेपाल टी–२० म्स्याश क्रिकेट प्रतियोगिताको फाइनलमा , इन्डोनेशिया ११ ओभरमा अलआउट

काठमाडौं, माघ ४ । नेपाल थाइल्याण्डमा जारी महिला टी-ट्वान्टी स्म्यास क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
बैककको ट्रेडथाई क्रिकेट मैदानमा शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले इन्डोनेशियालाई ९२ रनले पराजित गर्दै अन्तिम दुईको स्थान तय गरेको हो ।
१ सय २१ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको इन्डोनेशियाको पारी ११ ओभरमा सबै विकेटको क्षतीमा मात्र २७ रनमा समेटिएको थियो । इन्डोनेशियाका लागि युलिया एङगग्रानीले सर्बाधिक १३ रन जोडिन् । तर, उनलाई नेपालकी नेरी थापाले आउट गरिन् ।
टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाउँदै १ सय २० रनको लक्ष्य तयार पारेको थियो । नेपालका लागि सिता राना मगरले उत्कृष्ट ब्याटिङ गरिन् । अर्धशतकिय पारी खेल्न केही रनले मात्र पछि परेकी उनले ४८ रनको योगदान दिइन् ।
यता इन्दु बर्माले नटआउट ३७ रन जोड्न सफल भइन् । त्यस्तै काजल श्रेष्ठले १४ रन बनाइन् । अहिले विजयी लक्ष्य लिएर इन्डोनेशियाले ब्याटिङ गरिरहेको छ ।
जारी प्रतियोगितामा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो भने इन्डोनेशिया समूह ‘बी’को उपविजताको रुपमा अन्तिम चारमा स्थान तय गरेको थियो । अब नेपालले युएई र थाइल्याण्डबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
समूह चरणको चार खेलमा नै नेपाल अपराजित रहँदै सेमिफाइनलमा पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्