उचित न्यायसम्पादन नगरेको भन्दै प्रधानन्यायाधीशले गरे ९ न्यायाधीशको सरुवा

काठमाण्डौ , माघ ४ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिका शुद्धीकरण अभियानका क्रममा उच्च अदालतका नौ न्यायाधीशलाई बिहीबार काज सरुवा गरेका छन्।
सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार उचित न्यायसम्पादन नगरेको भन्ने न्यायपरिषद्मा आएका उजुरीका आधारमा नौ न्यायाधीशलाई काज सरुवा गरिएको हो ।
यसअघि, उचित न्यायसम्पादन गरेको नदेखिएपछि ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमङ्गल आत्रेयलाई न्यायपरिषद् सचिवलायमा तानिएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नोे कार्यभार सम्हालेलगत्तै न्यायिक अनुगमन तथा निगरानी संयन्त्र बनाएका थिए । अनुगमनका क्रममा सही कार्यसम्पादन नगरेको पाएपछि नौ उच्च अदालतका न्यायाधीशलाई सरुवा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्