संसदीय समितिबाट दुई राजदूतको नाम सर्बसम्मत रुपमा अनुमोदन

काठमाडौं, ३ माघ । संसदीय सुनुवाई समितिले दुईजना राजदूतको नाम सर्बसम्मत रुपमा अनुमोदन गरेको छ ।

फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकाललाई बिहीबार बसेको संसदीय समितिको बैठकले अनुमोदन गरेको हो ।

गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले ढकाल र अधिकारीसहित पाँच जनालाई विभिन्न देश तथा नियोगका लागि राजदूत सिफारिस गरेको थियो ।

संसदीय सुनुवाई समिति मार्फत उजुरी दिन आह्वान गरिएकोमा पाँचै जनाविरुद्ध एउटा पनि उजुरी परेको छैन । त्यसैले सीधै सुनुवाई गर्न पहिलो चरणमा अधिकारी र ढकाललाई बिहीबारको बैठकमा बोलाइएको थियो । अन्यको अनुमोदन भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्