पर्वत बस दुर्घटना अपडेट: ५ जनाको मृत्यु, ३६ जना घाइते

काठमाडौं, माघ ३ । पर्वतको मालढुंगा नजिक यात्रुबाहक बस पल्टिँदा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।
तीनजनाको घटनास्थलमा नै ज्यान गएको थियो भने थप दुईजनाको बाग्लुङ अञ्चल अस्पतालतर्फ लैजाँदै गर्दा ज्यान गएको हो । दुर्घटनामा अन्य ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएकाको परिचय खुल्न बाँकी छ । म्याग्दीको बेनीबाट पर्वतका लागि छुटेको १ ख ६१०८ नम्बरको बस दुर्घटनामा परेको हो ।
प्रतिक्रिया दिनुहोस्