शक्ति गौचनले पिताको सम्झनामा क्रिकेट प्रतियोगिता गर्ने

काठमाडौं, माघ ३ । राष्ट्रिय क्रिकेट टीमबाट सन्यास लिएका अलराउन्डर शक्ति गौचनले आफ्ना पिताको सम्झनामा रुपन्देहीमा क्रिकेट प्रतियोगिता गर्ने भएका छन् ।
विद्यालय तहबाट क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले शक्तिले आफ्ना पिता खड्गप्रसाद गौचनको सम्झनामा अन्तरविद्यालय जिल्लास्तरीय क्रिकेट प्रतियोगिता गर्न लागेको जानकारी दिए ।
स्टार क्रिकेट एकेडेमी सञ्चालन गरेर क्रिकेटर उत्पादन गरिरहेका शक्तिले आयोजना गर्ने प्रतियोगितामा २० वटा टिम सहभागी हुनेछन् ।
यही माघ १४ गतेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन ओमसतियाको कर्मडाँडामा हुनेछ भने बाँकी खेल शितलनगरमा हुनेछन् ।
सेमिफाइनल र फाइनल भैरहवास्थित सिद्धार्थ रंगशालामा हुनेछन् । पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगिताको खेल ४० ओभरको हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्