काठमाण्डौ , माघ ३ । बिहीबार उपत्यकासहित धेरै ठाउँको मौसम बदली भएको छ । पश्चिमी वायुको प्रभावले बुधबारदेखि नै धेरै ठाउँको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले पहाडी क्षेत्रको मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद शान्ति कँडेलले जानकारी दिए। पहाडी क्षेत्रको मौसम एकैछिन खुल्दै फेरि बदली भइहाल्ने उनको अनुमान छ । पश्चिमको एक दुई ठाउँमा पानी पनि पर्न सक्छ ।
यस्तै उच्च हिमाली भेगमा हिमपातको संभावना छ । तराई क्षेत्रको मौसम भने सफा रहने मौसमविद् कँडेलले जानकारी दिए ।
यो प्रणाली बिहीबार रातिदेखि हटे पनि अर्को प्रणाली पश्चिम प्रवेश गर्न लागेकाले अबको केही दिन पहाडी क्षेत्रको मौसम पूर्ण रुपमा नखुल्ने संभावना रहेको मौसमविद्ले बताएका छन् ।
बिहीबार बिहान ३ दशमलव २ डिग्री सेल्सियस रहेको काठमाण्डौको दिउँसोको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने मौसम पुर्वानुमान महाशाखाको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्