रियललाई क्लब विश्वकप उपाधि

अबू धाबी (एजेन्सी) । क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा गरेको एकमात्र गोलको मद्धतले रियल म्याड्रिडले ग्रिमिओलाई क्लब विश्व कपमा १–० ले हराउँदै उपाधि जित्न सफल भएको छ ।

रोनाल्डोले ५३ औं मिनेटमा फ्रि किक मार्फत गरेको गोलले रियललाई लगातार दोस्रो पटक विश्व कप जित्ने पहिलो टोली बनाएको हो । ग्रीमिओका जेल्सनले रोनाल्डोलाई फौल गरेपछि पाएको पेनाल्टीलाई पोर्चुगेली स्टारले गोलमा परिणत गरेका थिए । यो रोनाल्डोको क्लब विश्व कपमा सातौं तथा यसै प्रतियोगिताको फाइनलमा दोस्रो गोल हो । अघिल्लो फाइनलमा जापानी क्लब कसीमा विरुद्दको ४–२ को जितमा उनले ह्याट्रिक गरेका थिए । यो रियलको चार बर्षमा तेस्रो विश्व कप उपाधि हो ।

 

प्रतिक्रिया दिनुहोस्