काठमाडौं, माघ २ । २१ औं भूकम्पीय सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ ।
१९९० साल माघ २ गते महाभूकम्प गएको सन्दर्भ पारेर २०५५ सालदेखि भूकम्पीय सुरक्षा दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा आज भूकम्प सुरक्षासम्बन्धी विभिन्न कार्यक्रम हुँदै छन् ।
भूकम्पबारे जनचेतना जगाउन यो दिवस मनाउन थालेकै बीचमा २०७२ साल वैशाख १२ गते गएको गोरखा भूकम्पले ९ हजार मानिसको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए ।
आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । अझै पनि कतिपय पीडितको बास बनेको छैन ।
भूकम्पपछिको पुनःनिर्माणका लागि पुनःनिर्माण प्राधिकरण गठन गरिएको छ ।
प्राधिकरणमा पटकपटक राजनीतिकरण हुँदा लामो समयसम्म पनि पुनर्निर्माणको काम सम्पन्न भएको छैन । पछिल्ला दिनमा भने पुनर्निर्माणको कामले तिव्रता लिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्