काठमाडौं, माघ १ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सबै जातजाति र समुदायको चाडपर्व संरक्षणमा सरकार रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले माघे संक्रान्तिको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिंदै सांस्कृतिक विविधताले राष्ट्रिय एकता मजबुत बनेको बताए ।
नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषताले परिपूर्ण देश हो र यसको छुट्टै पहिचान छ । प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, ‘विविधताको बीचमा पनि एकता हाम्रो मौलिक पहिचान हो ।
शुभकामना सन्देशमा भनेका छन । संविधान निर्माणको कठिन अध्याय सकिएको सन्धर्व जोड्दे अब संविधान कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान पूरा गर्न अग्रसर भएको वताउदै अभियान एक्लो प्रयासबाट सफल नहुने भन्दै उनले सहयोगका लागि सबैसँग आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले भनेका छन् । सरकार सबै जातजाति र समुदायका चाडपर्वको संरक्षणमा उत्तिकै संवदेनशील पनि रहेकोछ ।
प्रतिक्रिया दिनुहोस्