एसियन कप फुटबल : आज यूएई र थाइल्याण्ड तथा भारत र बहराईन खेल्दै

कठमाडौं, पुस ३० । एसियन कप फुटबलमा सोमबार २ वटा खेलहुँदै छन् । समूह ए का दुवै खेल राति पौने १० बजेदेखि सुरु हुनेछन् ।
सोमबारको खेलको नतिजाले यस समूहको प्रि क्वाटरफाइनलमा पुग्ने टिमको टुंगो लगाउने छ । जारी प्रतियोगितामा घरेलु टोली यूएई ४ अंकसहित शीर्ष स्थानमा रहँदा भारत र थाइल्याण्ड समान ३ अंकका साथ क्रमशस् दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
यूएईले पहिलो खेलमा भारतलाई २–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा बहराईनसँग एक एक गोलको बराबरीमा रोकिएको थियो । त्यसैले सोमबार यूएईले तेस्रो स्थानमा रहेको थाइल्याण्डलाई पराजित गरे शीर्ष स्थानमा रहँदै प्रि क्वाटरफाइनलमा पुग्ने छ । पराजित भए भारतको नतिजाले प्रभाव पार्ने छ ।
अर्को खेलमा भारत र बहराईन भिड्दै छन् । भारतले थाइल्याण्डमाथि फराकिलो जित निकाल्दा यूएईसँग भने स्तब्ध भएको थियो ।
प्रतिक्रिया दिनुहोस्