काठमाडौं, पुस ३० । पाकिस्तानको पत्रिकामा भारतीय सेना प्रमुख जनरल बिपिन रावतलाई उद्धृत गर्दै एउटा निकै रोचक खबर छापिएको छ ।
पत्रिका जंगका अनुसार जनरल रावत त आफ्ना बयानका लागि सधैं चर्चामा हुन्छन्, यसपटक उनले आफ्ना जवानलाई एक विशेष सल्लाह दिएका छन् ।
भारतीय मिडियाको हवाला दिँदै पत्रिका जंगले लेखेको छ, ‘भारतीय सेना प्रमुखले आफ्ना जवानलाई सोसल मिडियामा कट्रिना, प्रियंका, करिना नाम राख्ने कुनै पनि युवतीलाई कहिले पनि साथी नबनाउन सल्लाह दिएका छन् ।’
जनरल रावतले आफ्ना जवानलाई यो रोचक सल्लाह दिँदै भने, ‘फिल्मी हिरोइनको नाम राख्ने प्रोफाइलसँग तपाईं कहिले पनि साथी नबन्नु (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्