लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित रोहित चन्द अर्को सिजन पर्सिजाबाट नखेल्ने

काठमाडौं, पुस ३० । इण्डोनेसिया लिगमा उत्कृष्ट प्रदर्शन गरेर लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित रोहित चन्द अर्को सिजन पर्सिजा जाकार्ताबाट नखेल्ने पक्का भएको छ ।
जनवरी ५ तारिकसम्म क्लबमा रिपोर्ट गरिसक्नुपर्नेमा उनको स्थानमा पर्सिजाले उज्वेकिस्तानका खेलाडीलाई अनुबन्ध गरेको छ । इण्डोनेसिया लिगमा चार जना विदेशी खेलाडी मध्ये एक जना एसियाली खेलाडी अनुबन्ध गर्नु पर्नेछ । अहिलेसम्म पर्सिजाले दुईजना विदेशी खेलाडी अनुबन्ध गरेको छ ।
पर्सिजामा नखेल्ने सम्भावना रहेका बेला रोहित अष्ट्रेलियाको क्लबमा अनुबन्ध हुने चर्चा पनि सुरु भएको छ ।
रोहितका एजेन्ट रत्ना मुस्तिकाले भने रोहितले केही समय आराम गर्ने मनसाय ब्यक्त गरेको र इण्डोनेसिया फर्किने वा नफर्किने स्पष्ट नगरेको प्रतिक्रिया दिए ।
प्रतिक्रिया दिनुहोस्