धादिङको बेनीघाट रोराङमा यात्रुवहाक बस दुर्घटना, ३१ घाईते, एक जना गम्भिर घाईतेलाई काठमाडौं ल्याईयो
काठमाडौं, २९ पुस । काठमाडौँबाट बर्दियातर्फ जाँदै गर्दाको यात्रुवाहक बस धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आज बिहान दुर्घटना भएको छ । दुर्घटनामा ३१ यो समाचार तया गर्दासम्म घाइते भएको प्रहरी स्रोतले जनाएको छ ।
अत्यधिक गतिमा गुडेको बा२ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् ।
घाइतेको बजारवासी प्रहरीले उद्धार गरी राजमार्ग सामुदायिक अस्पताल मलेखु, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ पठाइएको छ । गाडीमा ४१ जना यात्रु सवार रहेका थिए । दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भए पनि राजमार्ग अहिले पुनः सञ्चालनमा आएको उद्धारमा संलग्न प्रहरीले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्