टी–२० स्म्याश क्रिकेट: नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित

काठमाण्डौ, पुस २८। थाइल्याण्डमा जारी टी–२० स्म्याश क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित निकालेको छ । आज भएको खेलमा नेपालले चीनलाई १० विकेटले हरायो ।
थाइल्याण्ड क्रिकेट एसोसियशनको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको चीनले २० ओभरमा ६ विकेट गुमाउँदा मात्र ४८ रन बनाउन सक्यो । उसकी ओपनर झाङ चानले सर्वाधिक १३ रन बनाइन् । त्यसपछि वाङले ८, झाङ यानलिङ र ली हायुइले सात सात रन बनाए ।
बलिङमा करुणा भण्डारीले तीन तथा नेरी थापाले दुई विकेट लिइन् ।
जवाफमा नेपालले आठ ओभर चार बलमाबिना विकेटको क्षतीमा लक्ष्य पूरा गर्यो । नेपालको जितमा ओपनरद्वय सीता रानामगरले २४ र काजल श्रेष्ठले १४ रन बनाइन ।
प्रतिक्रिया दिनुहोस्