काठमाडौं, पुस २७ । आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाईंएको छ । लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छोडे पनि अनौपचारिक रुपमा भने पृथ्वी दिवस मनाइने गरिएको छ ।
नेपाललाई अहिलेको अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका पृथ्वीनारायण शाहलाई धेरैले राष्ट्र निर्माता भनेर पुकार्छन् । उहाँका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् । यी दिव्य उपदेश पढ्दा उहाँ दूरदर्शी राजा हुन् भन्ने प्रष्ट हुन्छ ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं। १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्