भारतीय क्रिकेटर केएल राहुल र हार्दिक पान्ड्या प्रतिबन्धमा

भारतीय क्रिकेटर केएल राहुल र हार्दिक पान्ड्या दुई खेलको प्रतिबन्ध गर्न बीसीसीआईले सिफारिस गरेको जनाइएको छ ।

भारतीय टेलिभिजन सो कफि विथ करनमा दिएको अभिब्यक्तिका आधारमा बीसीसीआइले दुबै खेलाडीलाई दुई खेलको प्रतिबन्ध लगाउन सिफारिस गरेको हो । यसका साथै उनीहरुलाई अपिल गर्न २४ घण्टाको समयसमेत दिएको छ ।

बीसीसीआईका अनुशासन कमिटीका प्रमुख विनोद रायले उनीहरुले माफी मागेर मात्र यो कारबाही पुरा नहुने भन्दै उनले यो कारबाही तत्कालका लागि लागू गर्नुपर्ने बताए ।

एक टिभी कार्यक्रममा पान्ड्याले महिलामाथि खराब शब्द प्रयोग गरेको कारण विवादमा मुछिएका थिए जसको कारण विसिसिआईले नोटिससमेत जारी गरेको थियो ।

जनवरी ६ तारिकमा प्रस्तुत सो कार्यक्रममा कार्यक्रम संचालक करन जोहरले पान्ड्या र राहुललाई केहि ब्यक्तिगत, सम्बन्ध र भारतीय टोलिसंग सम्बन्धित प्रश्न राखेका थिए । सो प्रश्नहरुको जवाफ दिनेक्रममा पान्ड्या र राहुल नश्लवादी बनेको र महिला तथा अन्य फ्यानहरु माथी अपमान राखेको भन्दै पछिल्लो केहि दिनमा आलोचना भएको हुँदै आएको छ ।

बढ्दो आलोचना पछि हार्दिक पान्ड्याले सामाजिक संजाल मार्फत बुधवार माफी समेत मागेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्