काठमाडौं, पुस २६। संसदको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको छ । ‘त्यो विधेयकका कैयौँ बुँदाहरू डा.केसीसित भएको सम्झौंता तथा शिक्षा र चिकित्सासम्बन्धी राष्ट्रिय हितका विपरित छन् ।
सरकारले पहिले उक्त विषयमा सम्झौता गरेर त्यसका विपरित विधेयक ल्याउनु धेरै आपत्तिजनक छ । पछि शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गर्नु धेरै आपत्तिजनक र दुःखको कुरा हो । त्यसप्रति हाम्रो पार्टीले विरोध प्रकट गर्दछ’ राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा छ ।
प्रवक्ता समेत रहेकी पौडेलले संसदमा प्रस्तुत भएको उक्त विधेयकमा आफुले कैयौँ संशोधनहरू प्रस्तुत गरेको समेत बताइन् । राष्ट्रिय जनमोर्चाले शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको विधेयक पहिले डा.केसीसित भएको सम्झौंता र शिक्षा र चिकित्सासम्बन्धी राष्ट्रिय हितविरुद्ध समेत भएको दावी गरेको छ । सो पार्टीले अब त्यो विधेयक पुनः संसदमा प्रस्तुत हुने र त्यो बेला डा.केसीसित भएको सम्झौंता तथा शिक्षा र चिकित्सासम्बन्धी राष्ट्रिय हितका विपरित सबै अवधारणाहरूलाई अस्वीकार गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्