पुष २७ गते सार्वजनिक विदा घोषणा गर्न सरकारसँग स्वतन्त्र नागरिक समाजको माग

काठमाडौं, पुस २६। स्वतन्त्र नागरिक समाजले पृथ्वीनारायण शाहको २९७ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा घोषणा गर्न सरकारसँग माग गरेको छ । आज नयाँ बानेश्वरमा आयोजित र्याली पछिको कोणसभामा बोल्दै वक्ताहरुले सो माग गरेका हुन् ।
कोणसभामा वक्ताहरुले पृथ्वीनारायण शाहको जन्मोत्सव भव्य रुपमा मनाउन आह्वान गर्दै पुष २७ गते सार्वजनिक विदा दिने प्रचलन सुरु गर्न आग्रह गरेका थिए । वक्ताहरुले शाहवंशीय राजा र हिन्दु अधिराज्यनै देशको पहिचान भएको दाबी गर्दै आफुहरुका चाहना पनि त्यसको पुनस्र्थापना गर्नु रहेको बताएका थिए ।
कोणसभाअघि माइतीघरदेखि नयाँ बानेश्वर र्यालीको आयोजना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्