अर्थमन्त्रीको उद्यमीलाई आग्रह : समाजप्रति उत्तरदायी हुनुस्

काठमाडौं, पुस २६ ।  अर्थमन्त्री डा.युवराज खतिवडाले समाजप्रति उत्तरदायी हुन सहकारी उद्यमीहरुलाई आग्रह गरेका छन् । अर्थमन्त्री खतिवडाले उत्पादन बढाउने र रोजगारीको अवसर सिर्जना गर्ने सहकारी उद्यमीहरुलाई मात्रै सरकारले कर छुटलगायतका सहायता उपलब्ध गराउने पनि स्पष्ट पारेका छन् ।
उनले हाल सञ्चालन भइरहेका सहकारी उद्यमले निजी उद्यमको जस्तै मुनाफालाई मात्रै ध्यान दिएकोमा असन्तुष्टि पनि व्यक्त गरे । राष्ट्रिय सहकारी महासंघ नेपालद्धारा बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्ना सदस्यहरुको साझा हित प्रबद्र्धनमा लाग्ने सहकारी उद्यमलाई मात्रै सरकारले उच्च प्राथमिकता दिने पनि बताए ।
अर्थमन्त्री खतिवडाले उपभोक्ताको हितलाई केन्द्रमा राखेर सहकारी संस्थाहरुलाई लगानी गर्न पनि सचेत गराए ।
प्रतिक्रिया दिनुहोस्