नेपाली मुलका भण्डारी हिन्दूधर्मको पवित्र ग्रन्थ बेद लिएर छिरे अमेरिकी संसदमा

काठमाडौं,पुस २६ । नेपाली मुलका ह्यारी भण्डारी अमेरिकी संसदमा प्रवेश गरेका छन् । अमेरिकास्थित मेरिल्याण्ड राज्यको विधायिका (हाउस अफ डेलिगेट्स) मा उनी निर्वा्चित भएका हुन् । भण्डारी हिन्दूधर्मको पवित्र ग्रन्थ बेद लिएर संसद भवन प्रवेश गरेका हुन् ।
बुधवार दिउँसो सबै सांसदहरु जस्तै समूहमा शपथ लिएपछि सभामुखबाट प्रदान गरिने सभासदको प्रमाण पत्र लिन जाँदा उनको हातमा बेद थियो ।
अमेरिकन डेमोक्रेटिक पार्टीका मेरिल्याण्ड केन्द्रीय सदस्य समेत रहेका भण्डारी गत नोभेम्बरमा मेरिल्याण्ड राज्यस्थित डिष्ट्रिक ८ बाट हाउस अफ डेलिगेट्स निर्वा्चित भएका थिए ।
निर्वा्चित भएर अमेरिकाको संसदमा प्रवेश गर्ने भण्डारी नेपाली मुलका पहिलो अमेरिकी नागरिक हुन् ।
प्रतिक्रिया दिनुहोस्