काठमाडौं, पुस २६ । फिदिममा जारी फाल्गुनन्द गोल्डकप फुटबलको अन्तिम क्वार्टरफाइनलमा भारतको रोयल फुटबल क्लब दार्जिलिङ र काठमाडौंको ब्वाइज युनियन क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
खेल बिहीबार दिउँसो साढे २ बजे फिदिम माविको खेल मैदानमा हुनेछ।
आजको नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा हुनेछ। सरस्वती युथ क्लब, झापा ११ र त्रिभुवन आर्मी क्लबले यसअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेका छन्। सेमिफाइनल खेल शुक्रबारदेखि हुनेछन्।
पहिलो सेमिफाइनलमा झापा ११ र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
प्रतिक्रिया दिनुहोस्