राष्ट्रपति भण्डारीसँग विदेशमन्त्री कोनाको शिष्टाचार भेट, भेटमा विदेशमन्त्रीले भनेः कामदार लैजान समस्या छैन

काठमाडौँ, पुस २६ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री तारो कोनोले आज बिहान राष्ट्रपति कार्यालय शितल निवासमा शिष्टाचार भेट गरेका छन् ।
त्यस अवसरमा नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो ।
उनले नेपालबाट जापानमा कामदार पठाउने बिषयमा कानुनी अड्नचन नरहेको पनि बताए ।
भेटमा नेपालका लागि जापानका राजदूत मासामिची साइगो, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्